Duration 48:00

रामेश Raamesh Shrestha in TOUGH talk with Dil Bhusan Pathak

23 403 watched
0
475
Published 20 Dec 2017

आज म तपाईहरुलाई करिव ५० वर्ष अघितिर लिएर जान चाहन्छु । बिक्रम सम्बत २०२३/०२४ सालतिर एउटा निकै चर्चित समुह थियो, राल्फा । आज हुँदो हो त त्यस समुहलाई सायद राल्फा ब्याण्ड भनिन्थ्यो होला । त्यो ब्याण्ड त अब रहेन तर अहिलेका चर्चित ब्याण्डहरुले चाँही राल्फाले गाएका गीतहरुलाई आज पनि उत्तिकै महत्व र गर्वका साथ गाइरहेका छन् । पञ्चायतकालिन समय थियो । दलहरु प्रतिबन्धमा थिए । तर राल्फाका चार युवाहरु गाउँगाउँमा प्रगतिशिल गित गाउँदै हिंड्थे । जनताहरु थप्पडी बजाएर उनीहरुको गीतलाई साथ दिन्थे, आफ्नै गीत गायो भन्दै दंग पर्थे । त्यसो त राल्फाका गित सुनेर कम्युनिष्ट हुने धेरै छन् । नेकपा एमालेका कतिपय वर्तमान पोलिटब्युरो नेताहरु राल्फाको गीतबाट प्रभावित भएर माक्सवादी भए । राल्फाको चर्चित गितहरु, गरिबको चमेली बोलीदिने कोही छैन, हाम्रो नेपालमा, गाउँगाउँबाट उठ लगायतका गित सुन्नेहरु पञ्चायती व्यवस्थाको विरोधी नहुने कुरै थिएन । आजको कार्यक्रम टफ टकमा मैले तीनै राल्फा समुहका संगितकार, तथा गायक रामेशलाई निम्त्याएको छु । २०१८ सालमा ओखलढुंगाबाट रामेश, रायनसँगै रेडियो नेपालमा गित गाउन काठमाडौं आउनुभयो । नातिकाजी र शिबशंकरहरु उनीहरुको गायनबाट प्रभावित भए । पारिजात उनीहरुको फ्यान नै भइन । तर रेडियो नेपालको अत्याचार सहन नसकेपछी रामेश आफ्ना साथीहरुसँग प्रगतिशिल गीत गाउन थाल्नुभयो । मञ्जुल जस्ता कबिहरुले उहाँलाई साथ दिए । पञ्चायतकालिन अबस्थामा मात्रै हैन, २०४६ सालको आन्दोलन होस वा २०६२/०६३ को नै किन नहोस, रामेशका गितहरुले जनतालाई जागरुक बनाए । राल्फा समुहमा कसरी विवाद आयो ? रेडियो नेपालमा गित गाउँन आउँदा के के हन्डर खानुभयो ? हुनेखाने परिवारमा जन्मिनुभएका रामेशलाई किन जनवादी गायक बन्न मन लाग्यो ? पारिजात कस्तो हुनुहुन्थ्यो ? सँधै जनताका गीत गाउँदै आएका रामेशलाई कम्युनिष्ट पार्टीबाट किन बाहिरिनु पर्यो ? कम्युनिष्टहरुले दुई तिहाइ बहुमत नजिकको सरकार गठन गर्ने तयारी गर्दैगर्दा के सुझाव दिनुहुन्छ लगायतका प्रश्नको जवाफ खोज्ने छु । आउनुहोस, स्वागत गरौं, आजका मेरा अतिथि, जनवादी गायक, रामेशलाई । To Follow : Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Youtube: /user/toughtalk1

Category

Show more

Comments - 74