Duration 2:59

Yamaha scooter Rey XR 125 FI Launch यामाहाको नयाँ स्कुटर नेपालमा यति धेरै सुबिधा

290 watched
0
11
Published 26 Sep 2020

यो स्कुटरमा १२५ सीसीको फ्युल इन्जेक्सन इन्जिन रहेको छ । यसले ६ हजार ५०० आरपीएममा अधिकतम ८ बीएचपी पावर र ५ हजार आरपीएममा ९ दशमलव ७ एनएम टर्क उत्पन्न गर्ने नविन अटोका महाप्रबन्धक राजु स्वर्णकारले जानकारी दिए । ५ दशमलव २ लिटर फ्युल ट्यांक क्षमता रहेको जेडआर १२५ को माइलेज ६६ किलोमिटर प्रतिलिटर हुने कम्पनीको दाबी छ । त्यस्तै यसमा यूनिफाइड ब्रेकिंग सिस्टम (यूएसबी) छ, जसले स्कुटरको ब्रेकिंग सिस्टमलाई अब्बल बनाउने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यसमा जडित डिजिटल स्पिडोमिटर, डिजिटल टेकोमिटरले राइडरलाई मोटरसाइकलको अवस्था थाहा पाउन मदत गर्छ । रे जेडआर १२५मा १२ इन्चको एलोइ ह्विल, मल्टी फंसन की, फोल्डेबल हुक, यूएसबी चार्ज, साइड कटअफ स्विच जस्ता फिचर रहेको छ । कम्पनीले यसको मूल्य रू.२ लाख ५४ हजार ९०० राखेको छ ।

Category

Show more

Comments - 0